६ जेष्ठ २०८१, आईतवार

ताप्लेजुङमा गोली चल्दा एक जनाको मृत्यु



 

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–२ सान्थाक्रामा छिमेकीले चलाएको भरुवा बन्दुकको गोली लागि एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ सान्थाक्राको दिदीमागाउँका आकाश लिम्बूले चलाएको भरुवा बन्दुकको गोली लागेर छिमेकी खड्क लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आकाशलाई घरदेखि केही तल जङ्गलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरिएको थियो ।

 

 



प्रतिक्रिया दिनुहोस !