नेपालमा कोरोना नियन्त्रण बाहिर जादैँः एकैदिन २४ सयभन्दा बढीमा संक्रमण पुष्टि
५ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालले जनाएको छ।
देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २३६५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
१० हजार १ जनाको पीसीआर र ४४७ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ ।
यसैगरी २४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार३४५ पुगेको छ । निको हुनेको दर ९४।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२,६९० पुगेको छ ।