९ मंसिर २०८१, आईतवार

विदेशमा रहेका नेपालीहरुले लगाउन थाले कोरोनाविरुद्धको खोप



दोहा । विदेशमा रहेका नेपालीहरुले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् ।

हाल बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका नेपालीहरुले कोरोनाविरुद्धको खोप लगाइरहेको गैरआवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिको तथ्यांक अनुसार अहिलेसम्म विदेशमा ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ४९ हजार ८ सय ९२ जना कोरोना मुक्त भएका छन् ।

संघको स्वास्थ्य समितिका संयोजक डा.सन्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन । यो साता नाइजेरिया, इजिप्ट, साउदी अबर, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो ।



प्रतिक्रिया दिनुहोस !