२५ बैशाख २०८१, मंगलवार

आजपनि किन भेट्दै छन् प्रधानमन्त्री ओली–नेपाल ?



 

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच आज पनि भेटवार्ता हुने भएको छ ।

दिउँसो दुई बजेपछि नक्सालस्थित मेरियट होटलमा उनीहरूबीच ‘वान टु वान’ वार्ता हुन लागेको एक नेताले जानकारी दिए ।

निकटस्थ नेताहरूका अनुसार भेटमा दुवै पक्ष आ–आफ्नो अडानमा रहेपछि कुनै सहमति हुन सकेको थिएन । तर, भेटघाट तथा छलफललाई भने निरन्तरता दिने सहमति भएको उनीहरूको भनाइ छ ।

ओली र नेपालबीच बुधबार साँझ पनि मेरियटमै करिब दुई घण्टा ‘वान टु वान’ वार्ता भएको थियो ।



प्रतिक्रिया दिनुहोस !