२० बैशाख २०८१, बिहीबार

प्रधानमन्त्री ओलीले दिए कडा चेतावनी, गुटगत गतिविधि कुनै हालतमा मान्य हुँदैन



 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि कुनै पनि हालतमा मान्य नहुने बताएका छन् ।

बल्खुमा पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास गर्दै ओलीले पार्टीभित्र हुने गुटगत गतिविधिलाई कुनै पनि हालतमा मान्यता दिन नसकिने बताएका हुन्। उनले पार्टी अनुशासित बनाउनुपर्ने र अनुशासनहिनतासँग सम्झौता गर्न नसकिने बताए । उनले अनुशासित भएर पार्टीमा काम गर्न खनाल नेपाल समूहलाई आग्रह पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले गल्ती महसुस गरेर आए पार्टीमा काम गर्ने अवसर दिइने बताएका छन् । उनले नेताहरूलाई सम्झाउने-बुझाउने प्रयास गरिरहेको भन्दै त्यसलाई कमजोरीको रूपमा नलिनसमेत चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !