२२ बैशाख २०८१, शनिबार

अतिआवश्यक परे मात्र अस्पताल आउन भरतपुर अस्पतालको आग्रह



 

चितवन । भरतपुर अस्पतालले अतिआवश्यक परे मात्रै अस्पताल आउन सर्वसाधारणमा अपिल गरेको छ ।

अस्पतालले एक अपिल प्रकाशित गरी अस्पतालमा भीडभाड हुँदा कोभिड–१९ संक्रमणको जोखिम बढी हुने भएकाले अतिआवश्यक परे मात्रै अस्पताल आउन अपिल गरेको हो ।

अस्पतालमा सेवा लिन आउँदा पनि जनस्वास्थ्यका मापदण्ड मास्क लगाउने, साबुनपानीले समय समयमा हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नेजस्ता कार्य अनिवार्यरूपमा पालना गर्न पनि अपिलमा आग्रह गरिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !