२५ बैशाख २०८१, मंगलवार

पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने नेपाल समूहको निर्णय



 

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी एकताको आह्वान गर्दै अपिल जारी गर्ने निर्णय भएको छ ।

बुधबार दिउँसो बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले भोलि अपिल जारी गर्ने निर्णय गरेको हो । एक नेताका अनुसार पार्टी स्थापना दिवसको अवसर पारेर भोलि एकताको आह्वानसहित अपिल जारी गर्ने जनाएको छ ।

उनका अनुसार पार्टीभित्रको विवाद कसरी र कसको कारणले सिर्जना भयो भन्ने पनि अपिलमा उल्लेख गरिनेछ ।

बैठकले अध्यक्ष केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको प्रतिवादसहित जवाफ बिहीबार नै दिने निर्णय पनि गरेको छ । एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र माधव नेपाल समूहका २७ सांसदलाई सांसद सांसद पदबाट किन नहटाउने भनेर स्पष्टीकरण सोधेका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन विपरित सांसद पदबाट हटाउन खोजेको भन्दै नेपाल समूह सर्वोच्च अदालत पनि गएको छ ।

 



प्रतिक्रिया दिनुहोस !