२१ बैशाख २०८१, शुक्रबार

सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा प्रचण्डलाई



 

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिने निर्णय भएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने जिम्मा अध्यक्ष प्रचण्डलाई दिने निर्णय गरेको हो ।

नेत्री पम्फा भुसालका अनुसार अब प्रचण्डले ओली सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला गर्न सक्नेछन् ।

बैठकले राष्ट्रिय एकता र राष्ट्रिय स्वाधिनताको रक्षा, सम्पूर्ण लोकतान्त्रीक शक्तिहरुको एकता, संविधान, लोकतन्त्रको रक्षा, सच्चा कम्युनिष्टको एकतालाई केन्द्रविन्दुमा राखेर सम्पूर्ण नीति, योजना र कार्यक्रम अगाडि बढाउने निष्कर्ष समेत निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !