२५ बैशाख २०८१, मंगलवार

आज एकैदिन नेपालमा २३५१ जनामा कोरोना पुष्टि, काठमाडौं उपत्यकामा मात्रै १०५१ थपिए



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २२२० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।

८ हजार ८८४ जनाको पीसीआर र ८०३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए ।

डा.गौतमका अनुसार काठमाडौं उपत्यकमा १०५१ जनामा कोरोना पुष्टि भएको छ । जसमा काठमाडौंमा ७८६, भक्तपुरमा ८४ र ललितपुरमा १८१ जनामा कोरोना पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १०,५८२ पुगेको छ । यसअघि हिजो ८,६५९ रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !