८ बैशाख २०८१, शनिबार

डेढ वर्षीय बालक चोरेर भाग्दै गरेका एकजना पक्राउ



 

जनकपुरधाम । महोत्तरीमा बच्चा चोरी गरेर भाग्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् ।

आज बिहान औरही नगरपालिका ७ भोईलमा डेढ वर्षीय बालक चारेर भाग्दै गरेको आरोपमा भंगहा नगरपालिका विजलपुराका रञ्जित महतोलाई पक्राउ गरिएको महोत्तरीका प्रहरी उपरीक्षकले जानकारी दिए ।

भोइल चोकमा आफ्नै घर अगाडि खेल्दै गरेको स्थानीय सुरेन्द्र महतोका छोरा आदित्य महतोलाई लिएर लिएर जाँदै गरेका उनलाई स्थानीयले देखेर समातेका थिए । प्रहरीका अनुसार महतोलाई स्थानीयले समातेर प्रहरीको जिम्मा लगाएका थिए ।

 

 



प्रतिक्रिया दिनुहोस !