६ जेष्ठ २०८१, आईतवार

वैदेशिक रोजगारीमा जान लागेका १२२ जना विमानस्थलबाट फिर्ता



 

काठमाडौं । वैदेशिक रोजगारका शिलशिलामा खाडी मुलुक हिँडेका १२२ जना युवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयबाट फर्काइएको छ ।

विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार नक्कली पीसीआर रिपोर्ट लिएको आशंकामा उनीहरूलाई विमानस्थलबाटै फर्काइएको बताएका छन् ।

फर्काइएको यात्रु नेपाली र केही भारतीय छन् । उनीहरु एयर अरेबिया, सलाम एयर र जजिरा एयरबाट बुधबार बिहान उड्न लागेका थिए।



प्रतिक्रिया दिनुहोस !