२७ बैशाख २०८१, बिहीबार

आज एकै दिन १३ सयले बढ्यो सुनको मूल्य



 

काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मूल्य १३ सय रुपैयाँले वृद्धि भएको छ । हिजो मंगलबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १३०० रुपैयाँ बढेको हो ।

यो सँगै आज प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर १३ सय १० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !