४ जेष्ठ २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज दिउँसो बस्दै



 

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो एक बजेपछि बस्ने छ ।

माओवादी केन्द्रीय कार्यालय स्रोतका अनुसार वैकल्पिक सरकार गठन, संगठनात्मक काम, पार्टीको विधान संशोधन, कोरोना संक्रमणलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाएको छ ।

यसअघि मंगलबारको बैठकमा अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनको प्रयास सकारात्मक भएको जानकारी गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !