२ जेष्ठ २०८१, बुधबार

ह्वात्तै बढ्यो नेपालमा कोरोना संक्रमणः १७३६ जना संक्रमित, ११ को मृत्यु



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा १६६७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

८ हजार ५५ जनाको पीसीआर र ६८३ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए । यसैगरी काठमाडौँ ५५०, ललितपुर १०५ र भक्तपुरमा ३५ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ८७ हजार ५६७ पुगेको मन्त्रालयले जनाएको छ  ।

यसैगरी २४ घण्टामा २५१ जना डिस्चार्ज भएका छन् । हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७५ हजार ८०६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ११ कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार १०२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !