८ मंसिर २०८१, शनिबार

आज २.६८ अंकले बढ्यो नेप्से



 

काठमाडौं । आज शेयर बजार नेप्से २.६८ अंकले बढेको छ । सोमबार ३७ अंकले घटेको नेप्से परिसूचक आज भने केही उकालो लागेको छ ।

मंगलबारको कारोबारमा नेप्से परिसूचक २६६४.६१ विन्दुमा रोकिएको छ । आज १ करोड २३ लाख ६९ हजार ५०१ कित्ताको किनबेचमा ५ अर्ब ५३ करोड ८६ लाख १७ हजार ६४० रूपैयाँ बराबरको कारोबार भयो । सबैभन्दा धेरै नागरिक लगानी कोषको २१ करोड रूपैयाँ बराबर कारोबार भएको छ ।

यसैगरी नेपाल इन्फ्रास्ट्रकचर बैंकको १९ करोड बराबरको कारोबार भयो । यसैगरी आज सबैभन्दा बढी महिला लघुवित्तको शेयर मूल्य १० प्रतिशतले बढेको छ । मोदी हाइड्रो पावरको पनि शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । आज बैंकिङ, निर्जीवन बीमा, म्यूचल फण्ड तथा इन्भेष्टमेण्टबाहेक सबै उपसूचक बढेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !