६ जेष्ठ २०८१, आईतवार

स्पष्टीकरण पत्र पाएपछि नेपाल पक्षका सांसदहरु आकस्मिक बैठक बस्दै



 

काठमाडौं । नेकपा एमालेको केपी शर्मा ओली पक्षले स्पष्टीकरण सोधेपछि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष आन्तरिक छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित एक होटलमा नेपाल पक्षका नेताहरू भेला भएर छलफल सुरु भएको जनाएको छ।

माधवकुमार नेपालले आकस्मिक रूपमा आफूपक्षका नेताहरूलाई नयाँबानेश्वर बोलाएका थिए।

नेपाल पक्षका एक सांसदले भने, माधवकुमार नेपालले छलफलमा बोलाएपछि आफूहरू छलफलमा जुटेको हो ।

ओलीले नेता नेपालसहित संघीय संसद्का २७ जना र कर्णाली प्रदेशका ५ जना सांसदलाई पत्र पठाएर स्पष्टीकरण सोधेका छन्।

 



प्रतिक्रिया दिनुहोस !