६ जेष्ठ २०८१, आईतवार

तयार भयो नारायणगढ-मुग्लिन सडक खण्डको जलबीरे पुल



चितवन । नारायणगढ-मुग्लिन सडक खण्डको जलबीरे पुलको निमार्ण कार्य सम्पन्न भएको छ ।

गत वर्ष कोरोनाका कारण काम प्रभावित बनेको थियो। नारायणगढ-मुग्लिन सडक खण्डकी सूचना अधिकारी सविना रानाभाटले एक-दुई दिन भित्रै पुल सञ्चालन गर्ने तयारी भएको जानकारी दिइन् ।

पुलको निर्माणको म्याद गत वर्ष असारमा नै सकिएपछि थप गरिएको थियो । रौताहा कन्स्ट्रक्सनले ८० मिटर लामो पुल १३ करोड ९४ लाखको लागतमा बनाएको हो । पुलमा तीनवटा स्पान छन् । मन्दिरको छेउछाउ सामान्य केही काम बाँकी छ ।

माडी अयोध्याका लागि भगवान राम-सीताका मूर्तिसहितको रथयात्राको टोलीलाई पहिलोपटक सो पुलबाट पास हुन दिने की भन्ने बारेमा समेत चर्चा भएको छ । अहिले बने पुल भइरहेको सडक भन्दा २६५ मिटर छोटिएको छ।



प्रतिक्रिया दिनुहोस !