२७ बैशाख २०८१, बिहीबार

दुई दिन देखि शेयर बजार लगातार ओरालो यात्रामा



 

काठमाडौं । दुई दिन देखि लगातार शेयर बजार ओरालो लागेको छ । ओरालो लाग्दा शेयर बजार ७३ अंकको गिरावट आएको छ । आइतबार ३५.८८ अंकले घटेको नेप्से सूचक सोमबार ३७.५८ अंकले ओरालो झरको हो ।

गत बिहीबार भने नेप्से सूचक हालसम्मकै उच्च २७३५.४० अंकमा पुगेको थियो ।

सोमबार नेप्से सूचक ३७.५८ अंकले घटेर २६६१.९३ बिन्दुमा झरेर बन्द भएको छ । बजार घटेसँगै अघिल्लो दिनको तुलनामा कारोबार रकममा समेत कमी आएको छ । आज २१३ कम्पनीको १ करोड ४२ लाख कित्ता बढी शेयर ६ अर्ब ७६ करोड ६८ लाख बराबरमा किनबेच भएको छ ।

आइतबार ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको थियो । कारोबारमा आएका १३ उपसमहुका सूचकमध्ये जलविद्युत र वित्त समूहका बाहेक सबै समूहका सूचक नकारात्मक रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !