२५ बैशाख २०८१, मंगलवार

आज घट्यो सुनको मूल्य



 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले घटेको हो ।

सुनचाँदी व्यवसाय महासङ्घका अनुसार हिजो सोमबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ९० हजार ७ सय रुपैयाँ भएको छ ।

त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार २०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !