२५ बैशाख २०८१, मंगलवार

तपाईंको आजको दिन कस्तो छ ? हेर्नुहोस् राशिफल



आज २०७८ वैशाख ७ गते मंगलबारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

स-साना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा खर्च पनि बढ्न सक्छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । यात्रामा मालसामान हराउन सक्छ ।

बृष

परिवारमा कलह हुन सक्छ । अध्ययन अध्यापन मध्यम रहनेछ । स्वास्थ्यमा समस्या आउन सक्छ । विपरित लिंगीबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र सुधारोन्मुख हुनेछ ।

मिथुन

आफन्तहरूसँग भेटघाटको अवसर मिल्नेछ । अधुरा कार्यहरू पुरा होलान् । आर्थिक पक्ष राम्रो बन्नेछ । पराक्रम बढ्नेछ । अरूलाई प्रभावित गरेर काम लिन सकिनेछ ।

कर्कट

पारिवारिक पुनर्मिलनको योग छ । दाजुभाईबीचको बादविवाद मिल्नेछ । आर्थिक क्षेत्र कमजोर बन्न सक्छ । चोटपटकको भय भएकाले यात्रामा साबधानी अपनाउनु होला ।

सिंह

वित्तीय संस्थाबाट सहयोग मिल्ला । वैदेशिक कार्य अघि बढ्नेछ । आज रमणीय र सुखद् यात्राको योग छ । मनमा हर्ष,उमङ्ग र उत्साह रहला । पदोन्नतीको योग छ । राजनीतिक क्षेत्रमा सफलता प्राप्त हुनेछ ।

कन्या

आज परिवारमा झैँ–झमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाईनेछ । सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ ।

तुला

आफ्ना योजना गोप्य राखेर अघि बढ्नु उत्तम हुनेछ । आर्थिक क्षेत्र सफल हुनेछ । बोलीको प्रभाव बढे पनि अनर्थ लाग्न सक्छ, सचेत रहनुहोला । आँटेको र ताकेको कार्य पुरा होला ।

बृश्चिक

शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला । प्रेममा सफलता प्राप्त हुनेछ । उपहार प्राप्त होला ।बादबिवादमा तपाईँकै जित होला ।

धनु

अधुरो काम पूरा हनेछ । पारिवारिक कलहको सम्भावना छ, शान्त रहनु बुद्धिमानी हुनेछ । वैदेशिक कार्य अघि बढ्नेछ । मौनता अपनाउनु राम्रो ।

मकर

आज ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । वैदेशिक कार्य चैं सम्पादन होला । शुभकार्यको चर्चा चल्नेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

कुम्भ

शुभ समाचार सुन्न पाउनु हुनेछ । प्रेममा सफलता प्राप्त हुनेछ । महत्वपूर्ण कार्यहरु सम्पादन गर्दा फलदायी हुनेछ । साथीभाईको विशेष सहयोग रहनेछ ।

मीन

आज आर्थिक कारोबारमा सफलता पाइएला । लाभदायक यात्रा होला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

 



प्रतिक्रिया दिनुहोस !