६ जेष्ठ २०८१, आईतवार

किन भयो हवाई भाडामा वृद्धि ?



काठमाडौं । नेपाल आयल निगमले गत शनिबार रातिबाट लागु हुने गरी हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । सोही अनुसार सोमबार रातिबाट लागु हुने गरी हवाई भाडा वृद्धि हुने भएको छ ।

सबैभन्दा बढी भाडा काठमाडौंबाट धनगढीका लागि ८५ रुपैयाँ बढेको छ । पर्वतीय उडानतर्फको भाडा ६५ रुपैयाँ बढी लाग्ने छ । नेपालगन्जका लागि ६५ रुपैयाँ र भद्रपुरका लागि ६० रुपैयाँ वृद्धि भएको छ । काठमाडौंबाट सिमराका लागि १५ रुपैयाँ बढेको छ ।

काठमाडौंबाट पोखरा उड्दा ३५ रुपैयाँ बढी तिर्नुपर्ने भएको छ । भैरहवाका लागि ४५ रुपैयाँ बढी पर्नेछ । विराटनगरका लागि ५० रुपैयाँ भाडा बढी पर्ने वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए ।

यो भाडा सोमबार रातिबाट लागु हुने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !