६ जेष्ठ २०८१, आईतवार

सार्वजनिक यातायातका लागि आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो गर्‍यो निर्णय



 

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक यातायातमा सिटभरि मात्र यात्रु राख्न पाइने तर, मास्क अनिवार्य हुनुपर्ने निर्णय गरेको छ ।

नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथामका लागि आदेश जारी गरेको थियो, जसमा सार्वजनिक यातायातमा मास्क अनिर्वाय गरिएको जनाएको छ ।

मास्क नलगाएका व्यक्तिलाई सार्वजनिक सवारीका साधन चढ्न दिन नहुने र बस चालक तथा सहचालकले त्यस्ता यात्रुसँग बढीमा १० रुपैयाँ लिएर मास्क बेच्न सक्ने निर्णय गरेको छ ।

लामो दूरीका सवारीले सुरु गन्तव्यबाट अन्तिम गन्तव्यसम्म जाँदा बीच भागका यात्रु चढाउन नपाउने समेत निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !