१ जेष्ठ २०८१, मंगलवार

नेपालमा आज थपिए १२ सयभन्दा बढी कोरोना संक्रमित, ८ जनाले गुमाए ज्यान



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५४८ जनामा कोरोना परीक्षण गर्दा १२८१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ५५ जना कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालभर कोरोना संक्रमितको कूल संख्या २,८५,९०० पुगेको छ भने निको हुनेको संख्या २,७५,५५५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसनमा रहनेको संख्या ७ हजार २५४ पुगेको छ । त्यस्तै, आइसीयूमा ४० जना, भेन्टिलेटरमा २४ जना र संस्थागत आइसोलेसनमा १९० जना रहेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !