६ जेष्ठ २०८१, आईतवार

सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाइने मन्त्रिपरिषद्को निर्णय



 

काठमाडौं । अब ५ जना भन्दी मानिस सार्वजनिक स्थानमा भेला हुन नपाइने भएको छ । सरकारले नेपालमा कोरोना नयाँ भेरियन्टसहित संक्रमण फैलिने क्रम बढेकाले ५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय गरेको हो ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले जारी गरेको ‘नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश’मा सार्वजनिक स्थानमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

साथै, उक्त आदेश अनुसार वैशाखभर पार्टी प्यालेसहरु बन्द हुनेछन् भने विवाह, ब्रतबन्ध, मलामीजस्ता कार्यमा २५ जनाभन्दा बढी सहभागी हुन पनि नपाइने मन्त्रिपरिषद्को बैठकमा निर्णय भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !