२७ बैशाख २०८१, बिहीबार

लगातार घाटामा चन्द्रागिरी हिल्स 



 

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा चन्द्रागिरी हिल्स १८ करोड ११ लाख २० हजार रुपैयाँ घाटामा गएको छ । चैत मसान्तसम्म कम्पनीको सञ्चालन आम्दानी र अन्य आम्दानी घटेकाले घाटामा गएको हो ।

एक वर्षको अवधिको कम्पनीको घाटा मात्र १५ करोड ९३ लाख रुपैयाँले बढेको हो । अघिल्लो वर्ष यसैअवधिमा कम्पनी २ करोड १८ लाख ८ हजार रुपैयाँ घाटामा थियो । विश्वव्यापि फैलिएको कोरोना भाइरसको कारण व्यापारमा असर गरेको कम्पनीले जनाएको छ ।

गत वर्ष १ करोड ४८ लाख ७० हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यस वर्ष २१ लाख ३३ हजार रुपैयाँमा सीमित भएको छ । चैत मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ । जगेडा कोष भने ३२ करोड ८ लाख ३८ हजार रुपैयाँ ऋणात्मक छ ।

बढ्दो कोरोना संक्रमण र पर्यटनका गतिबिधि कम भएकाले कम्पनि धेरै घाटामा गएको बताइए पनि कोरोना आउनुभन्दा अघिल्लो वर्ष पनि कम्पनी घाटामै थियो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !