२८ बैशाख २०८१, शुक्रबार

आज बढ्यो सुनको मूल्य



 

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आइतबारको तुलनामा सुनको मूल्य ३०० रूपैयाँले बढेको हो ।

आज छापावाला सुन प्रतितोला ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८९ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य आज स्थिर छ । आज चाँदी प्रतितोला १३०० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !