६ पुष २०८१, शनिबार

आज बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित



 

काठमाडौं । आज दिउँसो १ बजे बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।

बैठकमा विकसित राजनीतिक घटनाक्रमबारे अरू राजनीतिक दलसँग छलफल गर्नु पर्ने भएपछि स्थगित गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

अचानक संसद अधिवेशन अन्त्य गरेपछि यसबारे अरू दलहरूको धारणा लिएर मंगलबार सरकारलाई दिएको समर्थन के गर्ने भन्नेबारे निर्णय लिन बैठक बस्ने उनले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस !