२५ बैशाख २०८१, मंगलवार

फर्स्ट माइक्रोफाइनान्सको शेयर लिलामी भर्ने आज अन्तिम दिन



 

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको संस्थापक समूहको २५ हजार कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन हो । आज कार्यालय समय अवधि भित्र आवेदन दिन सकिनेछ ।

यसमा प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँलाई आधार मानेर आवेदन दिन सकिनेछ । यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक मुक्तिनाथ कमलादी, काठमाडौंमा पुग्नेगरी आवेदन दिनु पर्नेछ । न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 



प्रतिक्रिया दिनुहोस !