१२ बैशाख २०८१, बुधबार

वैशाखभर विद्यालय बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय



 

काठमाडौं । सरकारले शहरी क्षेत्रका विद्यालय वैशाखभर बन्द गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस अनुसार शहरी क्षेत्रका विद्यालयमा भर्चुअल कक्षा सञ्चालन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन्।

कोरोना सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न मन्त्रिपरिषद् बैठकले पारित गरेको भनिएको छ । शनिबारको सीसीएमसी बैठकले वैशाख मसान्तसम्म शहरी क्षेत्रको विद्यालय बन्द गर्न सिफारिस गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !