८ बैशाख २०८१, शनिबार

त्रिकोणात्मक टि-२०ः आज नेपाल र मलेसिया भिड्ने



 

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया भिड्ने भएका छन् । खेल अपरान्ह १ः१५ बजे सुरु हुने जनाएको छ ।

पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले हराएको नेपाल आज सोही लय दोहो¥याउदै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । उता आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग हारेको मलेसिया पनि आजको खेल जित्दै प्रतियोगितामा फर्कन चाहेको छ।

टियू क्रिकेट मैदान किर्तीपूरमा हिजो भएको खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो । खेलमा १ सय ९२ रनको चुनौती पछ्याएको मलेसियाले ८ विकेटको क्षतिमा एक सय ७६ रन मात्रे बनायो ।

विरनदीप सिंहले ८७ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् । यसअघि पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २ विकेटको क्षतिमा एक सय ९१ रन बनाएको थियो ।



प्रतिक्रिया दिनुहोस !