६ पुष २०८१, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक आज, नेपाल समूहले गर्‍यो बहिष्कार



 

काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए । साथै राजनीतिक प्रतिवेदन, महाधिवेशन र कार्य विभाजनका बारेमा छलफल र निर्णय हुने नेता तामाङको भनाइ छ ।

ओलीले एकपक्षीय रुपमा बैठक बोलाएपछि एमालेको माधव नेपाल झलनाथ खनाल समूह भने बहिष्कार गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !