११ मंसिर २०८१, मंगलवार

आज बस्दै छ माओवादी केन्द्रको स्थायी समिति बैठक



 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ‘माओवादी केन्द्र’को स्थायी समितिको बैठक सोमबार बस्ने भएको छ ।

समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले आजका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !