२ जेष्ठ २०८१, बुधबार

फुटबल खेलाडी विक्रम र विमलको उपचार कतारमा हुने



काठमाडौं । राष्ट्रिय टिमका फुटबल खेलाडी विक्रम लामा र विमल घर्ती मगरको उपचार कतारमा हुने भएको छ । दुवै खेलाडी चोटका कारण अहिले राष्ट्रिय टिमको प्रशिक्षणमा छैनन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले दुवै खेलाडीको चोटको प्रकृति हेरेर कतारमा उपचार गरिने जनाएको छ ।

कतार फुटबल एसोसिएसनसँग भर्खरै भएको सम्झौता अनुसार दुवै खेलाडीको उपचार कतारको एस्पटरमा हुनेछ । एप्सटर अर्थोपेडिक र स्पोर्टस् मेडिसिनको लागि विशेष हस्पिटल हो ।

लामाको खुट्टामा चोट फेरि बल्जिएपछि फलो अफको रुपमा उपचार हुन लागेको हो । थ्री स्टारबाट खेल्ने क्रममा उनलाई २०१८ मा चोट लागेको थियो र चोटबाट निको हुँदै पुनरागमन समेत गरेका थिए ।

यस्तै विमललाई भने राष्ट्रिय टिको क्लोज क्याम्पमा प्रशिक्षणका बेला चोट लागेको हो । डिसेम्बर १८ मा उनको घुँडामा गम्भीर खालको चोट लागेको हो ।

चोट र उपचारका कारण दुवै खेलाडी लामो समय राष्ट्रिय टिमको बाहिर रहनु पर्ने भएको छ ।



प्रतिक्रिया दिनुहोस !