५ पुष २०८१, शुक्रबार

थापालाई गृहमन्त्रीमा पुनः नियुक्त



 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेका छन् ।

राष्ट्रिय सभा सदस्य पद खारेजीमा परेपछि मन्त्री पदबाटसमेत हटेका थापालाई प्रधानमन्त्री ओलीले पुनः नियुक्त गरेका हुन् ।

संघीय संसद्ले थापाको सांसद पद रिक्त गर्न माग राखी माओवादी केन्द्रले बुझाएको पत्र आइतबार स्वीकृत गरेकोमा प्रधानमन्त्री ओलीले उनलाई आजै पुनस् नियुक्त गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

थापाको सचिवालयका अनुसार उनले आइतबार साँझ ५ बजे पुनः गृहमन्त्रीमा शपथ लिने भएका छन् । थापा माओवादी केन्द्रबाट २०७४ सालको राष्ट्रिय सभा सदस्य निर्वाचनमा वागमती प्रदेशबाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस !