१९ बैशाख २०८१, बुधबार

आज २०७८ वैशाख ५ गते आइतबारको राशिफल



आज २०७८ वैशाख ५ गते आइतबारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज शुभ समाचार पनि सुन्न पाइएला । विपरित लिंगीप्रति आकर्षण बढ्नेछ । धर्म,कर्ममा रुची बढ्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

वृष

वैदेशिक कार्य अघी बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश,जाँगर र उमङ्ग बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला ।

मिथुन

वित्तिय संस्थाबाट सहयोग पाईनेछ । शुभ समाचार सुन्नमा आउला । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिनेछ ।

कर्कट

कार्य शिद्धिको योगछ । मनमा उत्साहका साथै बोली विक्ने समयछ । शुभकार्यको चर्चा चल्नेछ । कला, साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

सिंह

चिताएको कामले तीव्रता लिनेछ । आकस्मिक धन लाभ हुनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ । प्रेम सम्बन्ध प्रगाढ बन्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन ।

कन्या

आज प्रेम सम्बन्धमा मधुरता छाउनेछ । रोकिएको धन हात पर्ला । स्वादिष्ट भोजन पाईनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

तुला

आज यात्रामा मालसामान हराउन सक्छ । घरायसी झमेलामा परिएला । दिनको उत्तरार्धमा बढी धन खर्च हुनेछ । कार्यमा अवरोध आउला ।

वृश्चिक

वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पठनपाठनमा प्रगती हुनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ ।

धनु

आजको दिनमा आर्थिक लाभ रहला । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । श्रमको उचित मूल्याङ्कन हुनेछ । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला ।

मकर

नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । शुभ कार्यमा सरिक बाईनेछ ।श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ ।

कुम्भ

आज शुभकार्यको चर्चा चल्नेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । विशिष्ट व्यक्तिको सहयोग पाईनछ । विश्वास गरेकाले साथ दिनेछन् ।

मीन

आजको दिनमा अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक नहोला ।



प्रतिक्रिया दिनुहोस !