३ मंसिर २०८१, सोमबार

रुरु जलविद्युतको आईपीओ ३७ हजार ९१६ जनाले पाए



 

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले आज जारी गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको शेयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले हात पारेका छन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ अनुसार बाँडफाँड गर्दा ३७ हजार ९१६ जना आवेदकले मात्र शेयर पाएका हुन् ।

क्यापिटलका अनुसार सर्वसाधारणमा निष्काशन गरिएको ३ लाख ७९ हजार १६७ कित्ता शयर गोलाप्रथाबाट ३७ हजार ९१६ जनाले गोलाप्रथाबाट १० कित्ता पाएका हुन् । यसरी बाँडफाँड गरी बाँकी रहेको ७ कित्ता शेयर पुनः शेयर पाउने ३७ हजार ९१६ जनालाई गोलाप्रथामा सहभागि गराएर ७ जनालाई थप १ कित्ता वितरण गरिएको हो ।

यसअनुसार कम्पनीको आइपीओ ७ जनाले ११ कित्ता र ३९ हजार ९०९ जनाले १० कित्ता पाएका छन् । बाँकी आवेदकले शेययर पाउन सकेनन् ।

कम्पनीले चैत २० देखि २४ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २० रुपैयाँ थप गरी प्रतिकित्ता १२० रुपैयाँका दरले कुल ४ लाख ७ हजार ७०६ कित्ता प्राथमिक शेयर ९आईपीओ० जारी गरेको थियो ।

कम्पनीको आईपिओ बाँडफाँडको काम सम्पन्न भइसकेतापनी लगानीकर्ताहरुले नतिजा हेर्नका लागि भने केहि समय पर्खनुपर्ने जनाएको छ । डाटाहरु भेरिफाई गरि सिस्टममा अपलोड गर्न केहि समय लाग्न सक्ने क्यापिटलले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !