२७ बैशाख २०८१, बिहीबार

रुरु जलविद्युतको आईपीओ बाँडफाँड , कसरी हेर्ने नतिजा ?



 

काठमाडौं । रुरु जलविद्युत् परियोजना लिमिटेडले चैत्र २० गते, शुक्रबारबाट चैत्र २४ गते, मंगलबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ ।

आईपीओ नतिजा दिउँसो ३ बजे पछि मात्र हेर्न सकिने भएको छ । शुक्रबार बिहान साढे ८ बजे बाँडफाँड भएको कम्पनीको आईपीओ नतिजा ३ बजेपछि हेर्न सकिने भएको हो ।

ग्रोलाप्रथाद्वारा गरिएको वितरणमा ३७ हजार ९ सय १६ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसरी बाँडफाँड गरेपछि बाँकी रहेको ७ कित्ता सेयर भने १० कित्ता भन्दा बढी आवेदन दिएकामध्ये ७ जनालाई १–१ कित्ताका दरले थप गरिएको छ । बाँडफाँडमा रितपूर्वक आवेदन दिएका १५ लाख ९० हजार ८ सय ९६ जना आवेदकलाई सहभागी गराइएको थियो । यसमा आवेदन दिएका ८ हजार ५ सय ३५ जना आवेदकको आवेदन रद्द भएको थियो ।

कम्पनीले सर्वसाधारणका लागि १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

कसरी हेर्ने नतिजा ?

कम्पनीको आईपीओको नजिता सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएको  https://iporesult.cdsc.com.np/ नामक वेभसाइटबाट हेर्न सकिनेछ । यसका साथै, मेरो सेयर, निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड र रुरु जलविद्युत् परियोजना लिमिटेडको वेभसाइटबाट पनि नजिता हेर्न सकिनेछ ।

 

 



प्रतिक्रिया दिनुहोस !