११ बैशाख २०८१, मंगलवार

विद्यालय बन्द गर्ने तयारीमा काठमाडौं महानगर



 

काठमाडौं । विद्यार्थीमा धेरै कोरोना संक्रमण देखिएपछि काठमाडौं महानगरपालिकाले विद्यालय बन्दको तयारी गरेको छ ।

काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले केहीबेरमा विद्यालय सञ्चालनबारेको सूचना जारी गर्ने जनाएको छ ।

काठमाडौंका केही विद्यालयमा विद्यार्थी तथा शिक्षकमा कोरोना देखिएको छ । यस्तो अवस्थामा विद्यालयले के गर्ने भन्ने योजनासहितको सूचना महानगरले जारी गर्ने लागेको हो।‘

अहिले काठमाडौँको चावहिलस्थित मित्र आधारभूत विद्यालयका शिक्षक, नक्सालमा रहेको नन्दिरात्री माध्यमिक विद्यालय र प्रदर्शनी मार्गको पद्मोदय माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना देखिएको छ ।

कोरोनाको दोस्रो लहरमा विद्यार्थी संक्रमणको दर बढेपछि महानगरले काठमाडौँका विद्यालयलाई लक्षित गर्दै सूचना जारी गर्न लागेको हो ।

 

 



प्रतिक्रिया दिनुहोस !