१२ बैशाख २०८१, बुधबार

रुपन्देहीमा पनि बनायो खनाल-नेपाल पक्षले समानान्तर कमिटी



 

बुटवल । एमालेको खनाल-नेपाल पक्षले रुपन्देहीमा पनि समानान्तर कमिटी विस्तार गरेको छ।

मंगलबार नेपाल पक्षले राजु गुरुङको अध्यक्षतामा रुपन्देहीमा कमिटी घोषणा गरेको हो। नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा नेपाल पक्षले जिल्ला कमिटी घोषणा गरेको हो।

नेपाल पक्षीय जिल्ला कमिटीको उपाध्यक्षमा पुरूषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्विचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ ।

२०५ सदस्यीय समानान्तर कमिटी निर्माण गरिएको छ। जिल्ला कमिटीको विस्तारित बैठकबाट एमाले रुपन्देही कमिटीको पुनर्गठन गरिएको अध्यक्ष गुरूङको भनाइ छ। क्षेत्रीय कमिटी, पालिकास्तरीय ईन्चार्ज र जनवर्गीय संगठनमा संयोजकसमेत तोकिएको छ।



प्रतिक्रिया दिनुहोस !