६ बैशाख २०८१, बिहीबार

वर्षको अन्तिम दिन सेयर बजार इतिहास रचेरै बन्द



 

काठमाडौं । वर्ष २०७७ को अन्तिम दिन नेपाली सेयरबजार नयाँ इतिहास कायम गर्दै बन्द भएको छ । आज उत्साहजनक रुपमा नेप्से सूचक २३ दशमलव २३ अंकको बृद्धिका साथ नयाँ वर्षलाई हरियो झन्डा देखाएर स्वागत गर्दै पुरानो वर्षलाई विदाइ गरेको हो ।

वर्षको अन्तिम दिन नेप्से सूचक २३.२३ अंकले बढेर २७१४.७९ विन्दुमा पुगेको छ । २७ सयको विन्दु अहिलेसम्मकै सर्वाधिक विन्दु हो । यस दिन बाणिज्य तथा विकास बैंकहरुमा रौनकता देखिएको छ । यी समूहका सूचकहरुमा आकर्षक वृद्धि देखिएका छन् ।

आजको दिनमा सेयर बजारका १३ समूह मध्ये ६ वटाको सूचक वृद्धि भएको छ। । २०९ कम्पनीको १ करोड ४६ लाख ९१ हजारभन्दा बढी कित्ता सेयर कारोबार हुँदा ५ कम्पनीको भाउ सर्किट लेभलसम्म बृद्धि भएको छ ।

यस दिन बाणिज्य तथा विकास बैंकहरुमा रौनकता देखिएको छ ।

 



प्रतिक्रिया दिनुहोस !