११ बैशाख २०८१, मंगलवार

आज लगातार उकालो लाग्दै नेप्से



 

काठमाडौं । मंगलवार कारोबारको दोस्रो घण्टामा आइपुग्दा नेप्से लगातार उकालो लागिरहेको छ ।

१ बजे सम्म परिसूचक ७ दशमलव ३५ अंकले बढेर २ हजार ६९८ दशमलव ९१ विन्दुमा पुगेको छ । दोस्रो घण्टाको अवधिमा २०४ ओटा कम्पनीको रू २ अर्ब ७८ करोड २९ लाख ९५ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

दोस्रो घण्टामा कारोबारमा आएका १३ ओटा समूहको परिसूचकमध्ये व्यापार, होटल्स तथा पर्यटन, वित्त, उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र लगानी समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, विकास बैंक, जलविद्युत्, निर्जीवन बीमा, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।

यस अवधिसम्म नबिल बैंकको सर्वाधिक कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !