४ जेष्ठ २०८१, शुक्रबार

नेपालमा ह्वात्तै बढ्दै छ, कोरोना सङ्क्रमित र मृतकको संख्या



 

काठमाडौं। नेपालमा कोरोना सङ्क्रमित मृतकको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा १३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना सङ्क्रमित मृतकको संख्या ३ हजार ५३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि हिजो एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो ।

गत २४ घण्टामा ५ सय ५९ जना कोरोना सङ्क्रमित भेटिएका छन् । यो सँगै नेपालमा सङ्क्रमितको संख्या २ लाख ८० हजार ५ सय २४ जना पुगेको छ । गत २४ घण्टामा ५ हजार १ सय ५ जनाको पिसिआर परीक्षण भएको छ ।

यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २३ लाख १७ हजार २ सय ८४ पुगेको छ । आज १ सय ३८ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ७४ हजार १ सय ६५ जना पुगेको मन्त्रालयले जनाएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस !