११ बैशाख २०८१, मंगलवार

तत्काल विद्यालय बन्द गर्ने,नगर्ने भन्ने विषयमा सरकारलाई सरोकारवाला यस्तो दिए सुझाव



 

काठमाडौं । पछिल्लो समयमा बालबालिकामा पनि कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि विद्यालय सञ्चालन गर्ने किन बन्द गर्ने भन्ने बहस चलेको छ ।

शिक्षा क्षेत्रका सरोकारवालाहरूले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई तत्काल विद्यालय बन्द नगर्न दबाब दिएका छन् ।

सोमबार शिक्षा मन्त्रालयले बोलाएको सुझाव कार्यक्रममा सहभागी सरोकारवालाहरूले केन्द्रीकृत भएर निर्णय नगर्न दबाब दिएका हुन् ।

विद्यालय उमेर समूहका बालबालिकाहरुमा कोरोना संक्रमण बढ्दै गएको र संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि हुँदै आएकाले विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न शिक्षा मन्त्रालयले बिहान ८ बजे मन्त्रालयमा बैठक बोलाएको थियो ।

बैठकमा सहभागी सरोकारवाला व्यक्तिहरूले मन्त्रालयलाई ठाउँ विशेषका आधारमा निर्णय गर्न सम्बन्धित स्थानीय तह र विद्यालयलाई जिम्मा दिनुपर्ने धारणा राखेका छन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको जनस्वास्थ्य सुरक्षाका मापदण्ड विद्यालयमा कडाइका साथ पालना गर्न गराउन निर्देशन दिनुपर्ने सुझाव दिएका छन् ।

सुरक्षाका मापदण्ड पालना नगर्नेर नगराउने विद्यालयलाई सम्बन्धित निकायले अनुगमन गरी कारबाही गर्नुपर्ने कुरा पनि छलफलमा उठेको थियो ।

नेपाल सरकाले खुला नाकाहरूमा कडाइ नगर्ने र संक्रमण फैलियो भनेर विद्यालय बन्द गर्ने सरकारको प्रवृत्ति गलत भएको धारण राखेका थिए ।

सरोकारवालाहरूले नाकाहरुमा कडाइका साथ स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्नुपर्ने र उच्च जोखिम रहेका स्थानमा बन्द गर्नुपर्ने स्थिति आएमा मात्र बन्द गर्नुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस !