१५ चैत्र २०८०, बिहीबार

संसदीय समितिका सदस्यहरुको नाम हेरफेर



 

काठमाडौं। एमालेले संसदीय समितिहरूमा हेरफेर गरेको छ।

एमाले संसदीय दलको चैत २५ गतेको निर्णय अनुसार पार्टी पूर्ववत् रुपमा फर्किएपछि पहिलेको संरचनाअनुसार समितिका सदस्यहरु अमान्य हुने बताउँदै उनीहरुको नामावली हेरफेर गरिएको बताइएको छ ।

कार्य व्यवस्था समितिमा खगराज अधिकारी, कृष्णभक्त पोखरेल, शेरबहादुर तामाङ, लालबहादुर थापा, विशाल भट्टराई र शान्ता चौधरीलाई राखेको छ।

राज्य व्यवस्था समितिमा खेम लोहनी, महेश बस्नेत, दामोदर भण्डारी तथा लेखा समितिमा गोकुल बाँस्कोटा, राजेन्द्र गौतमसँगै महिला समितिमा जानकीदेवी राम रहेकी छिन्।

कृषि समितिमा घनश्याम भुसाल र योगेश भट्टराई रहँदा अर्थ समितिमा मोतिलाल दुगड रहेका छन्।



प्रतिक्रिया दिनुहोस !