२१ बैशाख २०८१, शुक्रबार

आज २०७७ चैत्र २९ गते आइतबारको राशिफल



आज २०७७ चैत्र २९ गते आइतबारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

सरकारी निकायको भय होला । नजिकका ब्यक्ति नै काम विगार्न लागि पर्लान् । आर्थिक कारोबार गर्दा बिचार पुर्‍याउनुहोला । निर्णय लिनमा दुविधा होला ।

बृष

लामो समयदेखि अधुरो रहेको धार्मिक कर्म पूरा हुने योग छ । आर्थिक पक्ष सुदृढ बन्नेछ । घरमा अतिथिको आगमन हुन सक्छ । छोटो यात्राको योग छ । आफन्तसँगको भेटले मन प्रफुल्ल हुनेछ । नयाँ अवसर प्राप्त हुनेछ ।

मिथुन

सही समयमा सही निर्णय लिन सकिनेछ । वैदेशिक कार्यमा सफलता मिल्ला । शेयरको कारोवारमा सफलता मिल्ला । अधुरा कामले पूर्णता पाउन सक्छ । प्रेम सम्बन्धमा खटपट आउन सक्छ ।

कर्कट

पूरानो मित्रसँगको भेटले मन प्रसन्न हुनेछ । खानपानले स्वास्थ्य गढबढ हुन सक्छ । खर्च बढे पनि आम्दानी घट्ने छैन ।

सिंह

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। नयाँ ज्ञान प्राप्त हुने योग छ । आर्थिक लाभ प्राप्त होला । रोकिएको काम बन्न सक्छ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ।

कन्या

नयाँ कामको प्रस्ताव आउनेछ । मनमा उमंग छाउनेछ । आर्थिक पक्ष सबल रहने छ । पारिवारिक सद्भाव बढ्नेछ । माता पितासँगको सम्बन्धमा सुधार हुँदै जानेछ । विशिष्ठ व्यक्तिको साथ सहयोग रहनेछ ।

तुला

यात्राअघि साबधानी अपनाउनु होला । नयाँ कामलाई गोप्य राखेरै योजना अघि बढाउनु होला । धार्मिक काममा मन जानेछ । शैक्षिक क्षेत्रमा सुधार आउनेछ ।

बृश्चिक

आज दाम, नाम र प्रतिष्ठा कमाउने बेला छ । विशेष काममा जग बसाउने अवसर जुट्नेछ। प्रतिष्ठित जिम्मेवारी हात पार्न सफल भइनेछ। विशिष्ट व्यक्ति भेट्ने अवसर जुट्नेछ। आफूभन्दा वरिष्ठ व्यक्तित्वको साथ सहयोग मिल्नेछ ।

धनु

आज बैदशिक क्षेत्रमा सफलता मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा राम्रै प्रगति हुनेछ । आफन्तसँग पुनर्मिलनको योग छ ।

मकर

खानपिनमा ध्यान दिनुहोला । खर्च अनुरूपको आम्दानी नहुँदा मानसिक चिन्ता बढ्न सक्छ । प्रेम सम्बन्ध ठीकै हुनेछ । अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

परिवारका सदस्यसँगको समय व्यतित हुँदा मन प्रफुल्लित हुनेछ । आम्दानीका नयाँ नयाँ बाटा पहिल्याइनेछ । न्यायीक क्षेत्रमा सफलता मिल्ला । अध्ययन अध्यापन मध्यम रहनेछ ।

मीन

आज अध्ययनका लागि भ्रमणको मौका जुट्न सक्छ । व्यापारमा सामान्य फाइदा भए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।

 



प्रतिक्रिया दिनुहोस !