२५ बैशाख २०८१, मंगलवार

आज २०७७ चैत्र २६ गते बिहिवारको राशिफल



आज २०७७ चैत्र २६ गते बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज कतै घुम्न जाने योजना बन्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न पनि रहनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।

मिथुन

रमाइलो यात्राको योग रहेको छ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । प्राविधिक काममा सफलता मिल्नेछ । दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ ।

सिंह

आज दूरदराजको यात्रा लाभदायक हुनेछ । नयाँ काम वा रोजगारको अवसर पनि मिल्नेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ ।

तुला

आज शैक्षिक पशुचौपायाबाट लाभ प्राप्त हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धार्मिक, सामाजिक महत्त्वको क्षेत्रको भ्रमण हुनसक्छ ।

धनु

सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

कुम्भ

वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

बृष

मित्रबाट विशेष सहयोग मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
विद्या र बुद्धिको विकास हुनेछ ।

कर्कट

नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ ।

कन्या

आज वैदेशिक कार्य अघि बढ्नेछ । आकस्मिक धनलाभ होला । क्षेत्रमा सफलता मिल्नेछ । दूरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

बृश्चिक

आज एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन पनि हुनेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मकर

आज प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ । आँटेको काममा सफलता नमिल्न सक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ ।

मीन

आज अनावश्यक यात्रा हुनेछ । दैनिक व्यवहारमा खर्च बढ्न सक्छ । प्रेममा मनमुटावका साथै मन कमजोर रहला । कठोर परिश्रम गर्नुपर्ने समय छ ।



प्रतिक्रिया दिनुहोस !