२ जेष्ठ २०८१, बुधबार

लकडाउन गर्ने नगर्ने भन्ने विषयमा स्वास्थ्यमन्त्रीले भखरै दिए यस्तो प्रतिकिया



 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को सङ्क्रमण पुनः बढे पनि तत्काल बन्दाबन्दी (लकडाउन) गर्ने योजना नरहेको स्पष्ट पारेका छन् ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा मन्त्री त्रिपाठीले पछिल्लो समयमा कोभिड–१९ सङ्क्रमण बढिरहेको भन्दै त्यसलाई रोकथामका लागि सरकार तयारी अवस्थामा रहेको बताए ।

स्वास्थ्य सुरक्षा मापदण्ड पालना कडाइका साथ लागू गराइने उनको भनाइ छ । मन्त्री त्रिपाठीले भने, “कोरोनाको बढ्दो जोखिमप्रति सरकार सचेत छ तर दैनिक जनजीवन पनि सञ्चालन गर्नुपर्ने भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गराइनेछ ।”

समितिअन्तर्गत गठित उपसमितिद्वारा प्रस्तुत प्रतिवेदनलाई सरकारले कार्यान्वयन गर्ने बताउँदै उनले सीमा क्षेत्रमा कडाइ गर्ने योजना रहेको जानकारी दिए ।

 

 



प्रतिक्रिया दिनुहोस !