४ जेष्ठ २०८१, शुक्रबार

माओवादीबाट मन्त्री बनेका सांसदलाई कारवाही गर्ने तयारी, ‘बादल’ सहित ५ को पद खोसिँदै



 

काठमाडौं । नेकपा माओवादी केन्द्रले ५ जना मन्त्रीलाई कारवाहीको तयारी गरेको छ ।

माओवादी केन्द्र उच्च स्रोतका अनुसार गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीलाई कारवाही गर्ने अन्तिम तयारी गरेको जनाएको छ ।

पाँचै जना मन्त्रीहरुलाई यसअघि पार्टी स्पष्टिकरण सोधेको थियो । तर, उनीहरुले त्यसको जवाफ पठाएका थिएनन् । ‘पाँचै जनालाई सांसद पद र पार्टी सदस्य नरहने गरी कारवाहीको पत्र तयार भइसकेको जनाएको छ । त्यो पत्र उनीहरुलाई बुझाउन मात्रै बाँकी छ ।

थापा र भट्ट नेकपा हुँदै ओली नेतृत्वको सरकारमा थिए भने रायमाझी, साह र चौधरी सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि मन्त्री खान गएका थिए ।



प्रतिक्रिया दिनुहोस !