५ जेष्ठ २०८१, शनिबार

प्रचण्ड रुकुम पश्चिममा माओवादीको जनसभामा सम्बोधन गर्न जाँदै



 

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनआन्दोलन दिवसको अवसर पारेर पश्चिम रुकुममा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि जनप्रशिक्षण कार्यक्रम’ आयोजना गरिएको छ ।

सदरमुकाम खलंगामा हुने सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले सम्बोधन गर्ने जनाइएको छ ।

माओवादी केन्द्र रुकुम पश्चिमका अध्यक्ष गोपाल शर्मा ‘अनल’का अनुसार पार्टी अध्यक्ष प्रचण्ड मध्याह्न १२ बजे सभास्थलमा पुग्ने कार्यक्रम छ । शर्माका अनुसार कार्यक्रममा साँस्कृतिक झाँकीसमेत प्रस्तुत गरिने छ ।



प्रतिक्रिया दिनुहोस !