२० बैशाख २०८१, बिहीबार

आज २०७७ चैत्र २४ गते मंगलवारको राशिफल



आज २०७७ चैत्र २४ गते मंगलवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेष

आज प्राविधिक काममा बढी सफलता मिल्नेछ । दौडधूप गर्नु परे पनि लाभ नै हुनेछ । रमाइलो यात्राको योग रहेको छ ।

मिथुन

बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ ।

सिंह

बौद्धिकताको विकास हुनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

तुला

प्रतिष्ठित व्यक्तिहरूसित मित्रतापूर्ण सम्बन्ध कायम हुनेछ । सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ ।

धनु

गरेका कार्यमा ढिलासुस्ती हुनेछ । प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुविधा उत्पन्न हुन सक्छ । आँटेको काममा सफलता नमिल्न सक्छ ।

कुम्भ

आज नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुर्याउनु होला । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ ।

बृष

आज महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । व्यापार व्यवसायबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग पनि छ । विद्या र बुद्धिको विकास हुनेछ ।

कर्कट

आज बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । नयाँ–नयाँ ज्ञान सिक्ने मौका पनि मिल्नेछ । सुन्दर पहिरनले ब्यक्तित्त्वमा निखारता ल्याउनेछ ।

कन्या

आज रोकिएका वैदेशिक कार्य अघी बढ्नेछ । शेयरमार्केटमा पनि सफलता मिल्नेछ । दुरदराजमा रहेका आफन्तजनसँग सम्बन्ध कायम हुनेछ ।

बृश्चिक

आज नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट पनि लाभलिन सकिनेछ । मित्र वा आफन्तको सहयोगबाट मिल्नेछ ।

मकर

आज एकपछि अर्को अवसर आउनाले मनपनि प्रसन्न रहनेछ । घरमा अतिथीको आगमन हुनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

मीन

आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । विद्यामा पनि सफलता मिल्नेछ । धार्मिक र सामाजिक महत्त्वको क्षेत्रमा भ्रमण हुनसक्छ ।



प्रतिक्रिया दिनुहोस !